तपाईँ सुन्दै हुनुहुन्छः

बजेट वैज्ञानिक, आवश्यकता र औचित्यमूलक छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२्८३ का लागि ल्याएको बजेटमाथि प्रदेशसभाको छैटौँ अधिवेशन अन्तर्गत १६ औँ बैठकमा समूहगत छलफल भएको छ । बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री चेतनारायण आचार्यले बजेट कुनै हावादारी आधारमा नभई वैज्ञानिक विश्लेषण, आवश्यकता र औचित्यमाथि आधारित भएर ल्याइएको बताउनुभयो । 

केही प्रदेश सभा सदस्यहरूबाट आएका आलोचनाप्रति प्रतिक्रिया दिँदै उहाँले प्रदेश सरकार गम्भीर रूपमा छुटेका योजनाहरू समेट्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो । सुझावहरूलाई सरकारले ग्रहण गर्ने, नमिलेका विषयहरूलाई मिलाउने गरी सरकार अघि बढ्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले एक वर्षको अवधिमा हाँसिल गरेका उपलब्धिहरूबारे संसदमा जानकारी गराउनुभयो । उहाँले बजेट प्रदेशको विकास, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउने दिशामा अघि बढाइएको भन्दै कार्यान्वयनमै जोड दिने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button