निजामती विधेयकको कुलिङ पिरियडमा भएको चलखेल छानविन गर्न समिति गठन गरिने
काठमाडौँ । निजामती विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धमा भएको चलखेल छानविन गर्न संसदीय समिति गठन गरिने भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले कुलिङ अफ पिरियडमाथि गरिएको फेरबदल छानविन गर्न संसदीय समिति गठन गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो ।
करिब तीन घण्टासम्म चलेको छलफलमा सांसदहरुले चलखेलको विषयमा गंभिर छानविन हुनुपर्ने धारणा राख्नु भएको थियो ।
के कारणले त्यस्तो परिवर्तन हुन गयो भनि विधेयक निर्माणमा सहभागी कर्मचारीहरूको समेत धारणा लिइएको थियो । बैठक यस विषयमा थप छानविन गर्न सभामुखलाई आग्रह गर्ने निर्णयमा पुगेको सभापति रामहरि खतिवडाले बैठकपछि जानकारी गराउनु भयो ।
बैठकमा सभापति खतिवडाले कुलिङ पिरियडमा भएको चलखेलमा आफ्नो संलग्नता पुष्टि भए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको समेत जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्