तपाईँ सुन्दै हुनुहुन्छः

छुरा प्रहार गरी ज्वाँइद्धारा ससुराको हत्या  

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा आफ्नै ज्वाँइद्धारा ससुराको हत्या भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नंं १५ रामपुर निवासी वर्ष ७५ को वासुदेव प्रसाद विमललाई उहाँकै ज्वाइँले छुरा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनुयाे ।

जनकपुरधाम उपमहानगरपालिका वडा नंं २१ कुर्था घर भएका ज्वाइँ बेचन महासेठले ससुराको घरमा नै पुगेर छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बेचनले घरायसी विवादका कारण ससुरा वासुदेवको हत्या गरेको पारिवारिक श्रोतको भनाई छ । छुरा प्रहारबाट गंभिर घाइते हुनुभएका वासुदेवको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार पश्चात् फरार आरोपित बेचनको खोजी कार्य भइरहेको धनुषाका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button