तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

काठमाडौँ । ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । 

सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभाध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव सभामा पेस गर्दा सर्वसम्मतिले पारित भएको हो ।  

आजकै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० सम्बन्धी समितिको   प्रतिवेदन’  पेस गर्नुभयो । यस विधेयकउपर २१ जना सांसदले एक सय २३ बुँदामा संशोधन प्रस्ताव दर्ता गर्नुभएको थियो । 

प्राप्त संशोधन प्रस्तावसहित विधेयकमाथि यही असार ११ गते सैद्धान्तिक छलफल भएको थियो । विधेयकले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउन तथा महशुल सङ्कलनमा प्रभावकारिता वृद्धि गर्ने लक्ष्य लिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button