गोरखामा रेडियो नेपालको नयाँ एफ एम रिले केन्द्र स्थापना
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालले पहुँच विस्तार गर्ने क्रममा गण्डकी प्रदेशको गोरखा जिल्लामा नयाँ एफ एम रिले केन्द्र स्थापना गरेको छ। एफ एम व्याण्डको ९८ मेगाहर्जमा हिजोदेखि परीक्षण प्रसारण सुरु भएको हो।

सो प्रसारणबाट गोरखा जिल्लाको अधिकांश भूभाग र आसपासका धादिङ, नुवाकोट, तनहुँ, लमजुङ, चितवन लगायत जिल्लाहरूमा पनि रेडियो नेपालको प्रसारण स्पष्ट रूपले सुन्न सहज हुने छ।

एक किलोवाट क्षमताको ट्रान्समिटरबाट सञ्चालित सो रिले केन्द्र स्थापना भएपश्चात् देशको विभिन्न भूभागमा रहेका १६ वटा एफ एम ट्रान्समिटरबाट रेडियो नेपालको प्रसारण करिब ९४ प्रतिशत जनसङ्ख्यामा पुगेको अनुमान गरिएको छ।






प्रतिक्रिया राख्नुहोस्