२२ औँ धान दिवसको अवसरमा उत्कृष्ट पाँच कृषक पुरस्कृत
बागलुङ । कृषि ज्ञान केन्द्र बागलुङले २२ औ धान दिवसको अवसरमा यहाँका पाँच उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।

ज्ञान केन्द्रले ढोरपाटन नगरपालिका–१ को शिवम कृषि तथा फलफूल फर्मका सञ्चालक चन्द्रलाल पाण्डे, बागलुङ नगरपालिका–११ को सापकोटा गाईभैँसी पालन फर्मका सञ्चालक नन्दलाल जैसी, बागलुङ नगरपालिका–७ को ग्रिनल्यान्ड बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक ओमराज शर्मा, बागलुङ नगरपालिका–४ को कालिगण्डकी पशुपालन तथा कृषि फर्मका सञ्चालक तिलोचन सापकोटा र ढोरपाटन नगरपालिका–७ को स्वरोजगार बहुउद्देश्यीय कृषि पशु फर्मका सञ्चालक हिमालकुमार पुनलाई सम्मान गरेको हो ।
उनीहरूलाई नगद १० हजार रुपियाँसहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । कृषिमार्फत उत्कृष्ट कारोबार गर्ने कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको ज्ञान केन्द्रका प्रमुख सिलवालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्