फुङलिङ बजारका सडक धमाधम कालोपत्रे हुँदै
ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्रे भइरहेका छन् ।

सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङहेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्रे भइरहेको छ ।
दुई करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्रे गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी उहाँले दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्