तपाईँ सुन्दै हुनुहुन्छः

मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष साँवाको निधन

ताप्लेजुङ । ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ साँवाका वडाध्यक्ष सदनकुमार साँवाको निधन भएको छ ।

शनिबार आफ्नै निवासमा निधन भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले जानकारी दिनुभयो । २०७९ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका साँवाको दुवै मिर्गौलामा समस्या रहेको परिवारको भनाइ छ । 

उहाँलाई केही समयअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले घरमै आराम गर्ने गरी पठाएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । साँवा असार ११ गतेसम्म सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको थियो । अध्यक्ष हुनुभन्दा पहिले उहाँ शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button