पोखरा महानगरको बजेट ८ अर्ब ३५ करोड

कास्की । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँ प्रस्ताव गरेको छ ।
आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथमिकताहरू पूरा गर्न प्रस्तावित कार्यक्रमहरू कार्यान्वयनका लागि ८ अर्ब ३५ करोड १२ लाख बजेट विनियोजन गरेको उपप्रमुख गुरुङले बताउनुभयो ।
उक्त बजेटको खर्चमा नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालयतर्फ १ अर्ब, पूर्वाधारतर्फ २ अर्ब ३३, शहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

चालु आर्थिक वर्षमा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन भए पनि जेठ मसान्तसम्म ५५।४३ प्रतिशत खर्च भएको उपमेयर गुरुङले बताउनुभयो ।
बजेट प्रस्तुत हुनु अघि आइतबार नै पोखराका मेयर धनराज आचार्यले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका विषयमा प्राथमिकता दिइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्