तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले सुरु गर्नुभयो ह्वाट्सएप च्यानल


काठमाडौं।प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ह्वाट्सएप च्यानल सुरु गर्नुभएको छ।
आमनागरिकसँग सहज सञ्चार गर्ने योजनासहित प्रधानमन्त्री ओलीले शनिबारदेखि ह्वाट्सएपमा च्यानल सुरु गरेको जानकारी दिनुभएको हो।
च्यानलमा जोडिएका प्रयोगकर्ताले प्रधानमन्त्री ओलीका विचार, अभिव्यक्ति, कार्यक्रम तथा राजनीतिक गतिविधिहरूबारे नियमित अपडेट पाउने बताइएको छ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई आफ्नो च्यानलमा जोडिन आह्वान गरेका हुन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button