विभिन्न कार्यक्रम गरी जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

जनकपुरधाम । सिङ्गो पृथ्वी र मानव सभ्यताका लागि योग” मूल नारासहित जनकपुरधाममा ११आँै अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर आज मनाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा जनकपुरधामको ऐतिहासिक तीरहुतिया गाछीमा योग दिवस मनाइएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहको अगुवाईमा भएको योग दिवस मनाइएको छ ।
कार्यक्रममा योगको महत्व तथा यसबाट हुने लाभको विषयमा योगका प्रशिक्षकहरूले प्रशिक्षण दिनुका साथै सैकडौलाई योगाभ्यास गराउने काम भएको थियो । सो अवसरमा योग गुरु मनोहर साहले योगाको महत्व तथा यसबाट हुने लाभको विषयमा सहभागीहरूलाई जानकारी दिनुभएको थियो ।
रधाम उपमहानगरपालिकाको विभिन्न ठाउँमा योगको नियमित अभ्यास गराएर नगरवासीलाई स्वास्थ्य राख्ने कार्यमा योगदान दिनुभएका योगका प्रशिक्षक तथा योग शिविरका सञ्चालकहरूलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले सम्मान गर्नुभएको थियो ।
मान्छेहरूको व्यस्त जीवन शैली, मानसिक तनाव तथा असन्तुलित खानपानका कारणले विभिन्न प्रकारका स्वास्थ्यमा समस्या आइरहेको बेलामा यसको प्रभावकारी उपचार तथा निदानका लागि योग महत्वपूर्ण माध्यम भएको योगका अध्येता, योग प्रशिक्षक तथा यसका अनुयायीहरूले जानकारी दिनुभएको हो ।
नियमित योग गरेको खण्डमा यसले धेरै प्रकारका दीर्घ रोगबाट जोगिनुका साथै कतिपय रोगहरू निको हुने भएकाले पछिल्लो दुई दशक यता योगाभ्यास गर्नेहरुको सङ्ख्या विश्वमा नै बढ्न थालेको छ ।
नेपाल र प्राचीन मिथिला योगका उद्गम स्थलको रुपमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्