तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मधु आचार्यकी माता तथा राष्ट्रियसभाका सांसद कमला पन्तकी सासू आमा मिठु आचार्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

मिठु आचार्यको यही असार ६ गते भएको निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । देशको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी आचार्यको  निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button