कैलालीमा सुत्केरी मृत फेला
कैलाली । गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन् । स्थानीय १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुलेको बताउनुभयो ।
नाथ घरको मूल द्वार अगाडिको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जीवितै भेटिएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्