तपाईँ सुन्दै हुनुहुन्छः

कैन्दीबन्दी मृत्यु प्रकरणमा सई पक्राउ

धनगढी । कैलालीमा कैन्दीबन्दी मृत्यु प्रकरणमा प्रहरीले एक जना प्रहरी नायव निरीक्षक (सई) लाई पक्राउ गरेको छ । 

जिल्ला कारागारका कैन्दीबन्दी हरिससिंह पालीको मृत्यु भएको घटनामा प्रहरी नायव निरीक्षक हरजीत नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित पक्षले दिएको किटानी जाहेरीपछि सई नाथलाई पक्राउ गरी हिरासतमा राखिएको कैलालीका डिएसपी राजकुमार सिंहले बताउनु भयो । सई नाथ जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत रहेको बताइएको छ । 

बैङ्किङ कसुरमा पालीलाई  १० दिन कैद र २ लाख जरिवानाको फैसला भएको थियो । सई नाथले पाली विरुद्ध मुद्दा दिएको प्रहरीको भनाई छ । अदालतको फैसला पछि नाथलाई डडेल्धुराबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको थियो । सार्वजनिक बिदाका कारण केही दिनको हिरासतपछि पालीलाई असार १ गते जिल्ला कारागार धनगढीमा चलान गरिएको थियो । कारागार रहेका पालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोमवार राती मृत्यु भएको थियो । डडेल्धुरा भागेश्वर गाउँपालिका ५ का पाली व्यवसायी थिए ।

यसैबिच कैन्दीबन्दी पालीको मृत्यु घटनाको अध्ययन तथा छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button