तपाईँ सुन्दै हुनुहुन्छः

गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज राजदूत तिम्सिनालाई फिलिपिन्सको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button