अबैधरुपमा खाडी मुलुक जान लागेका ४ महिला सहित ५ जना पक्राउ
वीरगन्ज । पर्साको ठोरी नाकाहुदै भारतको दिल्लीबाट अबैधरुपमा खाडी मुलुक जान लागेका ४ महिला सहित ५ जनालाई सशस्त्र प्रहरीले सीमा नाकाबाट पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीबल नेपाल बोर्डर आउट पोष्ट ठोरीबाट खटिएको सशस्त्र प्रहरी टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडी मुलुक कुवेत र ओमान जान लागेका उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये इलामका दुई महिलाले ओमान जाने बताएका छन् भने रोल्पाका दुई महिला नयाँ दिल्लीमार्फत खाडीमूलक जान लागेको बताएका छन् । सशस्त्र प्रहरी निरीक्षक प्रेम राउतले उनीहरुलाई भारत लैजान लागेको आशङ्कामा चितवनको माडी नगरपालिका वडा नम्बर–८ का दीपक खड्कालाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताउनुभयो ।
सशस्त्र प्रहरीले इलामका दुईजना महिलाको साथबाट भिसा नभएको दुई वटा राहदानीसमेत फेला पारेको छ । सशस्त्र प्रहरीले पाँचै जनालाई आवश्यक कागजात सहित कारबाहीकालागी ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाएको छ ।
प्रतिक्रिया राख्नुहोस्