तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक,निजामती सेवा विधेयक अन्तिम चरणमा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले  निजामती सेवा विधेयक अन्तिम चरणमा पुगेको बताउनुभएको छ । 

असार २ गते बसेको मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् मन्त्री गुरुङले राज्य व्यवस्था समितिले प्रतिवेदन बुझाएपछि विधेयक  अघि बढाइने बताउनुभयो । 

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको असार १६ गतेदेखि २१ गतेसम्म हुने स्पेन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको जेनेभामा हुने वर्ल्ड समिट अन द इन्फरमेशन सोसाइटी र एआई फर गुड ग्लोबल समिटमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

समिट असार २३ गतेदेखि २७ गतेसम्म जेनेभामा हुनेछ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले विश्व बैङ्कबाट प्राप्त २० अर्ब ७९ करोड रुपैयाँ बराबरको ऋण सहायता स्वीकार गर्ने, दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब एक अबै नौ करोड नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गुरुङले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले इन्टरनेशनल विग क्याट अलाइन्स्को सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

प्रतिक्रिया राख्नुहोस्

Back to top button