सम्पूर्ण शैक्षिक सस्थाहरुमा स्वच्छ र स्वस्थ पिउने पानी उपलब्ध हुन्छ: खानेपानी मन्त्री यादव
वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवले देशभरका सम्पूर्ण शैक्षिक सस्थाहरुमा स्वच्छ र स्वस्थ पिउने पानी उपलब्ध गराउन मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।
वीरगन्ज महानगरपालिका–बाडा नम्बर ४ स्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको वीरगन्ज नर्सिङ क्याम्पसको स्थलगत निरीक्षण अवलोकन पछि क्याम्पसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नर्सिङ क्याम्पसको विद्यमान खानेपानीको समस्या छिटै समाधान हुने बताउनुभयो ।

बाहाँले क्याम्पसको हाल सञ्चालनमा रहेको खानेपानीको ट्याङ्की जीर्ण भइसकेको, पानी चुहिने स्थिति रहेको पाइएकोले यथाशीघ्र ट्याङ्कीको मर्मत तथा आवश्यक भएमा नयाँ ट्याङ्की निर्माण गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
मन्त्री यादवले क्याम्पस परिसरभित्रका नाला खुला रुपमा रहनु, र विर्ता बस्तीको फोहोर पानी सोही नालामा जम्मा हुनुले क्याम्पसको वातावरण अत्यन्त प्रदूषित भइरहेको गुनासो प्राप्त भएको छ भन्नुहुँदै नालाको सरसफाइ, व्यवस्थित ढल निकास तथा दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिइएको बताउनुभयो ।

बाहाँले नर्सिङ क्याम्पसमा अध्ययन, अध्यापन तथा स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण अझ स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने हाम्रो साझा लक्ष्य रहेको छ भन्नुहुँदै यसमा सबैको सहयोग र समझदारीले समृद्ध शैक्षिक र स्वास्थ्य वातावरण निर्माण हुने कुरामा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्