बिपद् पीडितलाई नगरको आर्थिक सहयोग
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले बिपद् पीडितका परिवारलाई राहत स्वरूप आर्थिक सहयोग गरेको छ ।
रु २५/२५ हजारका दरले उनीहरूलाई रकम उपलब्ध गराइएको हो । नगरप्रमुख अर्यालले उनीहरूलाई चेक हस्तान्तरण गर्नु भएको हो । नगरको वडानम्बर २ मा कोदालो प्रहारबाट मृत्यु हुने २ जना ,वडानम्बर ७ मा हावाहुरी बाट ज्यान गुमाउनु परेका २ जनाको परिवार र वडानम्बर ६ मा पोखरीमा डुबेका बालकको परिवारलाई प्रतिव्यक्ति रू २५ हजारका दरले राहत उपलब्ध गराइएको नगरप्रमुख बिमला अर्यालले जानकारी दिनुभयो ।
स्थानीय सरकार नजिकको सरकार हो रकम ठूलो भन्दा पनि नागरिकको सुख दुखमा सामेल भएका हौँ,सक्नेले नसक्नेलाई सहयोग गरौँ यो समाजको सुन्दर पक्ष पनि हो नगरप्रमुख अर्यालले भन्नूभयो ।
नगर भित्र बिपदमा परेका नागरिकहरूलाई विपद् कोष मार्फत नगरले राहत उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्