महालक्ष्मी नगरपालिकामा जरा केन्द्रित अभियान: दुई वटा टोल कमिटी गठन
ललितपुर ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जरा केन्द्रित अभियान अन्तर्गत महालक्ष्मी नगरपालिकामा टोल कमिटी गठन भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नम्बर ४ मा आज दुई वटा टोल कमिटी गठन गरिएको हो |

महालक्ष्मी नगरपालिका अन्तर्गतका गठन भएको टोल कमिटीहरूमा अल्पाईन टोल कमिटीको अध्यक्षमा दीपक सुनार र गैरी टोलको अध्यक्षमा धमेन्द्र झा रहेको कमिटी गठन गरिएको छ । यससँगै महालक्ष्मी नगरपालिकामा आठ वटा टोल कमिटी गठन भएका छन् ।
टोल कमिटी गठन गर्न आयोजित कार्यक्रममा प्रदेश कमिटी सदस्य एवम् महालक्ष्मी नगर कमिटी इन्चार्ज रामहरि बजगाईले वडास्तरदखि नै बलियो सङ्गठन निर्माण गर्न जनताको नजिकमा रहेर जनताकै सेवामा लाग्न आग्रह गर्नुभयो |

महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष राम केसीले निर्वाचित नयाँ कमिटीलाई सफल कार्यकालको शुभकामना दिँदै टोल कमिटीको निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको थियो |
कार्यक्रममा नगर, जिल्ला र प्रदेश कमिटीका प्रतिनिधि एवम् टोल कमिटीका निवर्तमान पदाधिकारीका साथै दुवै टोलका पार्टी सदस्यहरूको उपस्थिति रहेको थियो |

प्रतिक्रिया राख्नुहोस्