तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुख रानाद्धारा ३ जना संगीतकर्मीलाई सम्मान प्रदान

काठमाडौँ। उप–सभामुख इन्दिरा रानाले गीत संगीत र संस्कृतिले सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा जोड्न सक्ने बताउनु भएको छ ।


नेपाल संगीत उद्योग संघको आयोजनामा आज काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा उप–सभामुख रानाले राजनीतिलाई सहि मार्गमा लैजान र समाजमा जागरण फैलाउन गीत संगित र कलाकारहरुले खेलेकोे भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।


त्यस अवसरमा उप–सभामुख रानाले वरिष्ठ लोक गायिका मिरा राणा, वरिष्ठ लोक देउडा गायक नन्दकृष्ण जोशी र वरिष्ठ संगीतकार बुलु मुकारुङलाई दिर्घ संगीत साधनाबाट सम्मान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button