नाभाल्नीको अनुपस्थितिमा रुसलाई १८ वर्षको जेल सजाय
वार्सा । रुसले निर्वासित विपक्षी नेता लियोनिद भोल्कोभलाई रुपमा १८ वर्ष जेल सजाय सुनाएको छ । भोल्कोभ रूसी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका कटु आलोचक स्वर्गीय नेता एलेक्सी नाभाल्नीका निकट सहयोगी हुनुहुन्थ्यो ।
हाल लिथुआनियामा बस्दै आएका भोल्कोभले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूमाथि लगाइएको उक्त आरोपको खण्डन गर्नुभएको छ ।
गत वर्ष आर्कटिक जेलमा रहेका समय क्रेमलिनका कटु आलोचका नभाल्नीका सहयोगी र परिवारमाथि कडा कारबाही जारी राखेको छ।
मस्कोले सन् २०२१ मा नाभाल्नीका सङ्गठनलाई ‘अतिवादी’ भन्दै प्रतिबन्ध लगाएको थियो र सन् २०२२ को युक्रेन आक्रमणसँगै विपक्षीमाथिको कारबाहीलाई तीव्रता दिएको थियो ।
मस्कोको सैन्य अदालतलाई उद्धृत गर्दै इन्टरफ्याक्स समाचार संस्था इन्टरफ्याक्सले भोल्कोभलाई नौवटा आपराधिक घटनामा ४० भन्दा बढी अपराधमा दोषी ठहर गरेको जनाएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि लागू गरिएको सेन्सरसिप कानुनको व्यापक प्रयोग गर्दै तीन वर्षे युद्धविरुद्धको आलोचना दबाउने गरेको छ ।
भोल्कोभलाई ‘आतङ्कवादलाई न्यायोचित ठह¥याउने’ सेनाबारे ‘भ्रामक’ सूचना फैलाउने, जालसाजी गर्ने र ‘अतिवादी’ सङ्गठन खडा गर्नेजस्ता अभियोगमा दोषी ठहर गरिएको छ ।
सन् २०१९ मा अधिकारीहरूले उहाँ विरुद्ध फौजदारी मुद्दा चलाएपछि भोल्कोभले रुस छोड्नुभएको थियो । उहाँ सन् २०२१ देखि रुसी प्रशासनको खोजी सूचीमा हुनुहुन्छ ।
उहाँलाई गत वर्ष अप्रिलमा भिल्नियसस्थित आफ्नो घरबाहिर नृशंस हथौडा आक्रमण भएको थियो तर उक्त आक्रमण क्रेमलिन विरोधी विपक्षको अर्को खेमाले गरेको नभाल्नीका सहयोगीहरूले बताएका थिए ।
यस आक्रमणले पहिले नै विभाजित विपक्षीहरूलाई थप विभाजित गरेको छ । यसले नाभाल्नीको मृत्युको कारण खोज्ने विपक्षीको अभियान कमजोर भएको छ ।
नभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका मुख्य राजनीतिक प्रतिद्वन्द्वी हुनुहुन्थ्यो । उहाँ मस्कोको युक्रेन आक्रमणअघिका वर्षहरूमा क्रेमलिन विरोधी प्रदर्शनमा हजारौँलाई सडकमा ल्याउन सक्षम एक मात्र व्यक्ति हुनुहुन्थ्यो । रासस
प्रतिक्रिया राख्नुहोस्