संवैधानिक पदका नियुक्तिविरुद्धको रिटको फैसला असार १८ गते हुने

काठमाडौँ । आज तोकिएको संवैधानिक पदका नियुक्तिविरुद्धको रिटको फैसलाको नि.सु. असार १८ गते हुनेगरी सरेको छ ।
रिट अध्ययनकै क्रममा रहेको कारण नि.सु. असार १८ गतेको लागि सरेका सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, डा. मनोज कुमार शर्मा र डा. नहकुल सुवेदीको संयुक्त इजलासले निर्णय सुनाउने छ ।
२०७७ माघ २१ र २०७८ असार १० गते संवैधानिक आयोगहरूमा सरकारले गरेको नियुक्ति गैरकानुनी भएकाे भनि सर्वोच्चमा विभिन्न १५ वटा रिट निवेदनहरु परेका थिए । अब असार १८ गते ती आयोगमा नियुक्त भएका पदाधिकारीहरूको नियुक्ति सदर वा बदर हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्