तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठक

काठमाडौँ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले  दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण निकाय एवम् सांस्कृतिक धरोहरको अनुगमन गर्ने निर्णय गरेको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकले दोलखाको जिरी प्राविधिक शिक्षालय, शैलुङ क्षेत्र, कालिन्चोक मन्दिर र खरिढुंगा उद्योगको अनुगमन गर्ने निर्णय गरेको छ । 

त्यसैगरी माथिल्लो तामाकोसी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना र काभ्रेको चिस्यान केन्द्रको समेत अनुगमन गरिने निर्णय गरेको छ । 

अनुगमनका क्रममा समितिका सांसदहरुले ती निकाय तथा क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, एवम् पर्यटकीय संस्थाहरूको सञ्चालन  ऐन कानूनतः भए नभएको  बारेमा स्थानीय तहहरूसँग अन्तरक्रिया समेत गरिने समितिका सभापति मायाप्रसाद शर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button