योग प्रशिक्षण कार्यक्रम सम्पन्न (फोटो फिचर)
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा आज सिंहदरबारमा योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले योग अभ्यासले जीवन बुझ्न र मनन गर्न सहयोग पुग्ने बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले योग अभ्यास मार्फत दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने पनि बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले योग अभ्यास स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक भएकोले यसको अभ्यासलाई सबैले अपनाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा योग प्रशिक्षक एल.पि भानु शर्माले योग अभ्यासलाई स्वास्थ्य, शिक्षा क्षेत्रसँगै आम नागरिकको दैनिकीसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

प्रशिक्षक शर्माले योग अभ्यासले मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन सहयोग पुग्ने भएकाले प्रविधिको अनावश्यक प्रयोगलाई कम गदै हरेक व्यक्तिले योग पद्धतिलाई अपनाउनुपर्ने बताउनुभयो ।

प्रशिक्षक शर्माले पूर्वीय सभ्यता, संस्कृति प्रवर्द्धन गर्दै राज्यले अन्तर्राष्ट्रियकरण मार्फत आर्थिक लाभको आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।


































फोटो : रोम थापा
प्रतिक्रिया राख्नुहोस्