तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार सचिव अर्यालद्वारा ‘रासस फोटो प्रदर्शनी’ अवलोकन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटन: हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।  

त्यस अवसरमा उहाँले अठारौँ गणतन्त्र दिवसका अवसरमा आयोजित प्रदर्शनीले राष्ट्रियसँगै अन्तर्राष्ट्रिय महत्व र सम्भावना बोकेका पर्वतीय क्षेत्रप्रतिको चासो बढाउन मद्दत गरेको बताउनुभयो । राससको तस्बिर प्रदर्शनीले नेपालमा भएका मनमोहक हिमशृङ्खलालाई नजिकैबाट नियाल्न पाएकोमा खुसी व्यक्त गर्दै सचिव अर्यालले यस प्रदर्शनीलाई अझ व्यवस्थित बनाउन सुझाव दिनुभयो । 

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button