राजर्षि जनक विश्व विद्यालयको दीक्षान्त समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुने
जनकपुरधाम । प्रधानमन्त्री के पी शर्मा ओली भोली बिहान जनकपुरधाममा राजर्षि जनक विश्व विद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुनुहुने भएको छ ।
जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा आयोजना हुने दीक्षान्त समारोहको तयारी तीव्र रुपमा भइरहेको विश्व विद्यालयका उपप्रशासक सन्तोष कुमार अर्यालले जानकारी दिनुभयो ।
राजर्षि जनक विश्व विद्यालय स्थापना भएपछिको पहिलो दीक्षान्त समारोहमा ४ वटा संकायका स्नातक तथा स्नातकोत्तर तह पुरा गरेका १ सय १४ जना विद्यार्थीहरू दीक्षित हुन लागेको विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई दीक्षित गर्नुहुने कार्यक्रम रहेको छ ।
राजर्षि जनक विश्व विद्यालयमा मानविकी, व्यवस्थापन, कानून तथा शिक्षा सहितका प्राविधिक विषयको पठन पाठन हुन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्