‘जनअपेक्षा अनुरुप काम गर्यौँ भने व्यवस्था अझ बलियो हुन्छ’
नवलपरासी पश्चिम् । ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री दिपक खड्काले नागरिकले अनुभूति गर्ने गरी जनअपेक्षा अनुरुप काम गरे व्यवस्था अझ बलियो हुने बताउनुभएको छ । पछिल्लो समय व्यवस्था विरोधी नकारात्मक आवाजहरू उठ्नु नै प्रमुख बाधक भएको उहाँले टिप्पणी गर्नुभयो ।

बर्दघाट नगरपालिकाको १६ औ नगर सभालाई सम्बोधन गर्दै उहाँले यही व्यवस्थाका कारण स्थानीय तहमा उल्लेख्य उपलब्धिहरू भएको उल्लेख गर्नुभयो । मन्त्री खड्काले संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै काम गर्न सबैलाई प्रेरित गर्नुपर्ने बताउनुभयो ।
१६ औ नगर सभामा नगर प्रमुख शम्भुलाल श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
ऊर्जा मन्त्री खड्काले आज नै यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य विनोद चौधरीको उपस्थितिमा गण्डक नहरलाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि डिसिल्ट्रेसन प्रविधिको समेत उद्घाटन गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्