तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठकमा भ्रष्टाचार, विपद् व्यवस्थापन र सुशासनका विषयमा सांसदहरूको धारणा

'मनसुनजन्य विपद् सामना गर्न तीनै तहको सरकार सतर्क रहनुपर्ने सुझाव'

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले भ्रष्टाचार प्रकरणमा मुछिएका जोसुकै व्यक्ति भए पनि प्रमाण सङ्कलन गरी छानविन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

सभाको आजको बैठकको विशेष समयमा नेकपा एमालेका सांसद गोपाल भट्टराईले भ्रष्टाचारमा संलग्न भएकाहरूको बचाउ गर्न भ्रम सिर्जना नगरी सम्बन्धित निकायलाई छानबिनको जिम्मेवारी दिनुपर्ने बताउनुभयो । 

नेपाली कांग्रेसका सांसद युवराज शर्माले तल्लो तहका कर्मचारीदेखि उच्च पदमा बसेका नेताहरू समेतले राज्यको ढुकुटी रित्याउने गरी भ्रष्टाचार गरेको भन्दै राज्यको सम्पत्ति हिनामिना गर्नेमाथि उचित छानविन हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले विगतमा मनसुनजन्य विपत्तिबाट  जनधनको ठूलो क्षति पुगेको भन्दै यस वर्ष सरकारले विपद् पूर्वतयारी, प्रतिकार्य, पुनर्निर्माण र पुनर्स्थापनामा तीनै तहको सरकारलाई तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले  सरकारले ल्याएको बजेटले सुशासनलाई प्राथमिकता नदिएको बताउनुभयो । 

बैठकमा  जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले सीमावर्ती क्षेत्रमा दुईतर्फका जनता नातागोतामा गाँसिएकाले विवाहजस्तो कार्यमा पाएको उपहारको  समेत भन्सार शुल्क  लिन नहुने बताउनुभयो । 

बैठकको विशेष समयमा सांसदहरुले विशेष समयमा बोल्ने क्रम जारी छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button