तपाईँ सुन्दै हुनुहुन्छः

दलहरुबीच सहमति नहुँदा प्रतिनिधिसभा बैठक अझै बस्न सकेन

काठमाडौँ । आज दिउसो २ बजेका लागि निर्धारित प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन । भिजिट भिसा प्रकरणमा दलहरुबीच सहमति हुन नसक्दा बैठक अनिश्चित बनेको छ ।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन नभएसम्म संसद् अवरुद्ध गर्ने अडान कायम राख्दै आएका छन् ।

प्रतिनिधि सभाको हिजो अबेर गरी बसेको बैठक पनि प्रतिपक्षीहरूले अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । दलहरूबिचको छलफल र सभामुखको पटक पटकको प्रयासबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध हुँदै आएको छ । संसद्को गतिरोध अन्त्यका लागि आज पनि सत्तापक्ष र प्रतिपक्षी दलहरूले संयुक्त र छुट्टाछुट्टै बैठक र छलफल गरेपनि सहमति भने हुन सकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button