तपाईँ सुन्दै हुनुहुन्छः

‘देशका हिमालबारे शब्दमा बयान गर्न सकिन्न’

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकका हिमाल र हिमशृङखला हेरेर आँखालाई रमाइलो तुल्याउने मात्र नभई यसलाई साहसिक पर्यटनसँग जोडेर विश्वमा चिनाउने वातावरण बनाउन सकिएमा त्यो अर्थपूर्ण हुने बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले भन्नुभयो,“ तीन वर्षदेखि राससले विभिन्न शीर्षकमा तस्बिर प्रदर्शनीका माध्यमद्वारा देशबारे नेपालीलाई चिनाउने र प्रवद्र्धन गर्ने कार्य सराहनीय छ । राससमा आएर देशका यी अमूल्य निधिबारे बुझ्ने अवसर सबैलाई प्राप्त भएको छ ।”

त्यसअघि अध्यक्ष दाहाललाई प्रदर्शनीस्थलमा स्वागत गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट देशका हिमालको महत्त्व र तिनको सौन्दर्यबारे जानकारी लिन प्रदर्शनी उपयोगी भएको विश्वास व्यक्त गर्नुभयो ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा देशका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर समावेश छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button