विपद् उद्धार अभ्यासका क्रममा सप्तकोसीमा डुबेका प्रहरी जवानको शव भेटियो
सप्तरी । सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी गोताखोर टोलीका जवान सुरज साउदको शव फेला परेको छ।
सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार, गत बिहीबार डुबेका साउदको शव आइतबार डुबेको स्थानदेखि दक्षिणतर्फ साउदको शव ४ दिन पछि फेला परेको हो।
उक्त घटनामा साउदसँगै डुबेका अर्का सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव भने शुक्रबार नै भेटिएको थियो।
राजवंशी हनुमाननगर कंकालिनी नगरपालिकाको योगिनियाँ क्षेत्रमा मृत अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार, उनी बालुवामा घोप्टिएको अवस्थामा फेला परेका थिए।
प्रतिक्रिया राख्नुहोस्