सप्तकोशी नदिमा हराएका दुई सशस्त्र प्रहरीमध्ये राजवंशीको शव भेटियो
सप्तरी । सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा डुबेर बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव भेटेको छ ।

बिहीबार अभ्यासको क्रममा दुई सशस्त्र प्रहरी बेपत्ता भएका मध्ये सशस्त्र प्रहरी बलका जवान हरदेव राजवंशीको शव शुक्रबार भेटिएको हो।
राजवंशीको शव हनुमाननगर कंकालिनी नगरपालिकाको योगिनियाँ क्षेत्रमा बालुवामा घोप्टो परेको अवस्थामा भेटेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

घटनापछि अर्का बेपत्ता जवान सुरज साउदको अवस्था भने अझै अज्ञात रहेको छ। उनको खोजी कार्यलाई तीव्रता दिन सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिन्टारबाट अनुभवी गोताखोर टोली परिचालन गरिएको छ ।
सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार खोजी कार्यमा तीव्रता दिइएको छ र बेपत्ता जवान साउदको अवस्था सार्वजनिक गर्ने प्रयास जारी रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्