तपाईँ सुन्दै हुनुहुन्छः

मबाट कुनै अनुचित र भ्रष्टाचारजन्य काम भएको छैन : पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा आफू निर्दोष रहेको बताउनुभएको छ ।

गृह जिल्ला रौतहटबाट काठमाडौँ फर्कने क्रममा आज सिमरा विमानस्थलमा सञ्चारकर्मीहरू संक्षिप्त कुरा गर्नुहुँदै पूर्वप्रधानमन्त्री नेपालले आफूले कुनै पनि अनुचित रकम नलिएको र कुनै मन्त्री वा कसैलाई गलत काम गर्न दवाव पनि नदिएको प्रष्ट पार्नुभयो  ।

पूर्व प्रधानमन्त्री नेपालले आफूलाई पूर्वाग्रह साँधेर फसाइएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button