तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : बजेटमाथि सामान्य छलफल जारी

काठमाडौँ । राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल जारी छ । बैठकमा सांसद गोपाल भट्टराईले यस वर्षको बजेटले दलित र उत्पीडित समुदायको परम्परागत पेसा र समावेशी चिकित्सा शिक्षामा नयाँ व्यवस्था मिलाएको हुँदा बजेटलाई नेपाली जनताले सकारात्मक रूपमा लिएको बताउनुभयो ।

त्यस्तै सांसद मायाप्रसाद शर्माले सरकारको बजेट १६ औँ पञ्जवर्षिय  योजनाले तयार गरेका योजना कार्यान्वयनका सन्दर्भमा निराशाजनक रहेको बताउनुभयो । बैठकमा सांसद बामदेव गौतमले सरकारले सामूहिक उत्पादन र सामूहिक स्वामित्वसहितको समाजवादोन्मुख बजेट छुट्टाउन नसकेको विचार व्यक्त गर्नुभयो । सांसद किरण बाबु श्रेष्ठले सरकारले ल्याएको बजेट महत्त्वाकाङ्क्षी नभएर, नेपालको समसामयिक आर्थिक चुनौतीलाई सामना गर्ने गरी आएको बताउनुभयो । 

त्यसैगरी सांसदहरु शेखरकुमार सिंह, मदनकुमारी शाह गरिमा, सुमित्रा बिसी, पूजा चौधरीलगायतले बजेटले व्यवस्था गरेका कार्यान्वयनमा जोड दिनुभयो । यसअघि बैठकको शून्य र आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button