राजावादीहरूको आन्दोलन तुहिसकेको छ: सभापति देउवा
जनकपुरधाम । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काँग्रेस तथा नेकपा एमालेको वर्तमान गठबन्धन सरकार सहमति अनुसारनै अगाडी बढेको दाबी गर्नु भएको छ ।

नेपाली कांग्रेसका स्वर्गीय tनेता ठाकुर प्रसाद ढुङ्गानाको ६२ औँ स्मृतिसभा कार्यक्रममा सहभागी हुन आज जनकपुरधाम आइपुग्नुभएको सभापति देउवाले विमानस्थलमा पत्रकारहरूसँग वर्तमान गठबन्धन सरकार २०८४ सम्म चल्ने बताउनुभएको हो ।

उहाँले प्रतिनिधि सभाको गतिरोध गर्नु कुनै तुक नभएको बताउँदै गृहमन्त्रीको राजीनामा माग गर्नु पनि उचित नभएको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले पत्रकारहरूको प्रश्नमा राजावादीहरूको आन्दोलन तुहिसकेको बताउनुभयो ।

उहाँले वर्तमान नेपाली काँग्रेस तथा नेकपा एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित भएको दाबी गर्नु भयो ।
प्रतिक्रिया राख्नुहोस्