तपाईँ सुन्दै हुनुहुन्छः

पाण्डे निलम्बित, जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा पर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उहाँलाई निलम्बन गर्नुभएको हो ।

पाण्डे निलम्बनमा परेसँगै कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत विष्णु जोशीलाई नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि गुरागाईँले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोध्नुभएको थियो ।

जोशीले आफूलाई अर्को निर्णय नहुँदासम्म प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button