तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमाथि लुम्बिनीको ३ सय ३२ रनको फराकिलो जीत

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन नेपाली क्रिकेटको इतिहासमा गर्विलो कीर्तिमान कायम भएको छ । 

लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले गण्डकी प्रदेशविरुद्धको खेलमा १ सय १७ बलको सामना गर्दै १६ चौका र १६ छक्काका साथ घरेलु क्रिकेट इतिहासकै सर्वाधिक २ सय १७ बनाउँदै कीर्तिमान कायम गर्नुभएको हो । 

वीरेन्द्रनगर मैदानमा भएको खेलमा आज लुम्बिनीले गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जीत दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसँग मिलेर २ सय ४४ रनको बलियो साझेदारी गरेका थिए । गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्बिनीको पारी ४५ ओभर ४ बलमा अलआउट हुनुअघि ४ सय ४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो । 

लुम्बिनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७/१७ रनको थप्दा ४७ रन बोनस स्वरूप प्राप्त भयो । गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक–एक विकेट लिए । ४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट हुन पुग्यो । 

गण्डकीका अनिष राउतले नटआउट २२, प्रतीक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरूले कसैले पनि दोहोरो अंक कटाउन सकेनन् । लुम्बिनीका शुभम् खनालले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button