तपाईँ सुन्दै हुनुहुन्छः

थारुहरूको दुई दिने अन्तर्राष्ट्रिय महासभाबाट ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी

जनकपुरधाम । थारु अन्तर्राष्ट्रिय महासभा तथा विभिन्न थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा दुई दिने थारु अन्तर्राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी गरिएको छ । जेठ १९ र २० गतेसम्म चलेको सम्मेलनमा नेपाल र भारतका थारु प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा थारु अन्तर्राष्ट्रिय महासभाको अवधारणा, उद्देश्य, सङ्गठनात्मक सिद्धान्त तथा वर्तमानमा थारु समुदायले भोगिरहेका साझा समस्या समाधानका उपायबारे छलफल भएको थियो ।

बन्द सत्रको निर्णय अनुसार सम्मेलनबाट जारी एक घोषणापत्रमा आतङ्कवादको कडा भर्त्सना, सीमा क्षेत्रमा थारु समुदायको सक्रिय पहलकदमी, भाषा–संस्कृति र इतिहासको संरक्षण, आदिवासी अधिकारका पक्षमा अन्तर्राष्ट्रिय लविङ्ग, तथा सांस्कृतिक अनुसन्धान केन्द्र स्थापनाको विषय समावेशहरू समेटिएको छ ।

त्यसैगरी, थारु अन्तर्राष्ट्रिय महासङ्घको नेपाल च्याप्टर गठन गर्ने निर्णय भएको छ । च्याप्टर गठन गर्ने कार्यपत्रको संयोजकमा श्रवण थारुलाई चयन गरिएको छ । महासभाले भारत र नेपालका च्याप्टरहरूलाई घोषणापत्र कार्यान्वयनका लागि सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।

सम्मेलनले अन्य देशहरूमा पनि सङ्गठन विस्तार गर्दै थारु समुदायका अधिकार र पहिचानको संरक्षणमा समन्वयकारी भूमिका खेल्ने विषयमा पनि गहिरो छलफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button