तपाईँ सुन्दै हुनुहुन्छः

नासाको नेतृत्वबाट इसाकम्यानलाई हटाइयो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नासाको प्रमुख जेरेड इसाकम्यानलाई फिर्ता बोलाउनुभएको छ । शनिबार ह्वाइट हाउसले नयाँ उम्मेदवारको घोषणा छिट्टै गरिने बताएको छ । 

राष्ट्रपति ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल  ट्रुथ सोसलमा लेख्नुभएको छ, “नासाको प्रमुखका लागि जेरेड इसाकम्यानको मनोनयन फिर्ता लिएको छु । म चाँडै नै नयाँ मनोनीतको घोषणा गर्नेछु । नयाँ उम्मेदवार छिट्टै मिसनमा आबद्ध हुनुहुनेछ र अमेरिकालाई अन्तरिक्षको दोडमा पहिलो स्थानमा राखिरहन नेतृत्व गर्नुहुनेछ।”

गत वर्षको अन्त्यमा ट्रम्पले अर्बपति तथा निजी अन्तरिक्ष यात्री इसाकम्यानलाई नासाको प्रमुखको रूपमा मनोनीत गर्नुभएको थियो । सिनेटको वाणिज्य, विज्ञान र यातायात समितिले अप्रिलको अन्त्यमा उहाँको नामाङ्कनलाई अनुमोदन गरेको थियो।

मस्कका निकट सहयोगी तथा उहाँको कम्पनी स्पेसएक्सका महत्वपूर्ण सेवाग्राही आइज्याकम्यानले कम्पनीबाट करोडौँ डलरमा थुप्रै निजी अन्तरिक्ष उडान किन्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button