टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु
वीरगञ्ज । बाराको कलैयामा आज अपराह्न टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
बाराको कलैया उपमहानगरपालिका–१ बालमन्दिर चोकमा वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको ना १ ख ८०५६ नम्बरको टिपरले ठक्कर दिँदा भारतको मोतिहारी घर भई बारा कलैयाको मोतिबागमा डेरा गरी बस्ने हरेराम साहकी ६ बर्षिया छोरी सिवानी गुप्ता गम्भीर घाइते भएकी थिइन् ।
घाइते गुप्तालाई तत्काल कलैयाको आशीर्वाद अस्पतालमा उपचारपछि वीरगन्जको एल.एस.न्युरो अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना स्थलबाट प्रहरीले टिपर चालक बारा कलैया निवासी ३७ वर्षीय सत्य नारायण साहलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्