तपाईँ सुन्दै हुनुहुन्छः

घाइते भालुको आक्रमणबाट एक महिला घाइते

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–५, आगरमा एक घाइते जङ्गली भालुले आक्रमण गर्दा ५८ वर्षीया कलावती रावल घाइते हुनुभएकाे छ ।

शुक्रबार राति करिब ८ बजे जङ्गली भालु घाइते अवस्थामा स्थानीय रामदत्त जोशीको घरभित्र पसेको थियो। भालुले घरभित्र पसेर आक्रमण गरेपछि रावल घाइते भएकी हुन्। घटनापछि सूचना पाउँसँगै प्रहरी र डिभिजन वन कार्यालय, दार्चुलाको टोली घटनास्थल पुगेको थियो।

मालिकार्जुन प्रहरी चौकीका इन्चार्ज मोहन साउदले भालु घरभित्र घाइते अवस्थामा रहेको जानकारी दिनुभयो। डिभिजन वन कार्यालय दार्चुलाका वन अधिकृत परमानन्द कुँवरका अनुसार भालुको मुखबाट रगत बगिरहेको थियो तर शरीरमा बाह्य चोट देखिएको छैन। भालु चल्न सक्ने अवस्थामा पनि नरहेको बताइएको छ।

हाल घाइते भालुलाई गोकुलेश्वर लगिएको छ। वन अधिकृत कुँवरका अनुसार भालुको स्वास्थ्य परीक्षणपछि मात्र उसलाई के कारणले चोट लागेको हो भन्ने पत्ता लाग्नेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button