तपाईँ सुन्दै हुनुहुन्छः

सभ्यताको संवादमा पूर्व राष्ट्रपति भण्डारी: ‘शान्ति र सहअस्तित्वका लागि साझा प्रयास आवश्यक’

डुन्ह्वाङ (चीन)। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनबीचको आपसी समझदारीले भूपरिवेष्टित नेपाललाई भू-जडित राष्ट्रको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुहुँदै ,यो द्विपक्षीय सम्बन्ध अब एक ऐतिहासिक कोशेढुंगाको रूपमा स्थापित भएको उल्लेख गर्नुभयो।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीनको गान्सु प्रान्तको डुन्ह्वाङमा आयोजित सभ्यताहसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

चीनको गान्सु प्रान्तको डुन्ह्वाङमा आयोजित सभ्यताहरूबिचको आदानप्रदान तथा पारस्परिक सिकाइ सम्बन्धी चौथो संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङले प्रस्तुत गर्नुभएको “साझा भविष्यको समुदाय” अवधारणाको प्रशंसा गर्दै नेपाल–चीन रणनीतिक साझेदारीको बलियो आधार निर्माण भएको बताउनुभयो।

उहाँले सन् २०१९ को अक्टोबरमा राष्ट्रपति सीको ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै, त्यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई विकास र समृद्धिको साझा यात्रातर्फ रूपान्तरण गरेको स्मरण गर्नुभयो। त्यस्तै, आफूले त्यसै वर्ष गरेको चीन भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमलाई सम्बोधन गर्न पाएको अवसरको पनि उल्लेख गर्नुभयो।

पूर्व राष्ट्रपति भण्डारीले चीनको “विश्व सभ्यता पहल”को चर्चा गर्दै यसले विभिन्न संस्कृति र सभ्यताहरूबिच समझदारी, आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहकार्य प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “संस्कृतिको सम्मान गर्नु भनेको खुलापन र साझेदारीका लागि बाटो सिर्जना गर्नु हो। फरक सांस्कृतिक पृष्ठभूमिका मानिसहरूले सामना गर्ने चुनौतीहरूप्रति संवेदनशीलता देखाउनु पनि यसको एउटा पाटो हो।”

आजको विश्वमा मानव जातिको ठूलो हिस्सा भयावह गरिबीको चक्रबाट मुक्त हुन सङ्घर्ष गरिरहेको उल्लेख गर्दै भण्डारीले यस्तो संवादले विश्व समुदायलाई कठिनाइ पार गर्ने संरचनात्मक समस्याहरू समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सम्बोधनको अन्त्यमा उहाँले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपालका तर्फबाट सबै आयोजक र सहभागीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button