डिप बोरीङ्गले ल्यायो खुशि: ठोरीमा अब तिन बाली
वीरगंज। सिँचाइको अभावमा वर्षमा एक बाली मात्र लगाउन बाध्य ठोरीका किसानहरूमा डिप बोरीङ्गले खुसीयाली ल्याएको छ ।
ठोरी गाउँ पालिका वडा नम्बर ४ पिपलडाडा मिलचोकका किसानहरू अब वर्षभरि तिन बाली खेतीका साथै तरकारीबाली र अन्य नगदे बाली समेत लगाउन पाउने भएपछि उत्साहित भएका छन् । आजदेखि यहाँ पिपलडाँडामा अत्याधुनिक भूमिगत डिप बोरिङ सञ्चालनमा आएपछि किसानहरूमा खुसीयाली छाएको हो ।

ठोरी गाउँपालिकाका पूर्व अध्यक्ष पिएल श्रेष्ठले डिप बोरिङको उद्घाटन गर्दै सिँचाइ सुविधाले खेतीपातीमा सहजता ल्याउने बताउनुभयो ।
उहाँले पहिले सुख्खाग्रस्त रहेको यो क्षेत्र अब हरियाली बन्ने अपेक्षा गर्दै पिपलडाँडाका किसानहरुले अव एक बाली हुने ठाउँमा अब तीन बाली लगाउन सक्ने दाबी गर्नुभयो । एकै वर्षमा तिन खेती भएपछि किसानको आयस्रोत पनि बढ्ने हुँदा आफूहरू खुशी भएको ठोरी गाउँपालिकाका स्थानीय बुद्धिजीवी रामप्रकाश कुँवरले बताउनुभयो ।

ठोरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका कृषियोग्य जमिनमा वर्षभरि सिँचाइ हुने गरी भूमिगत तथा सतही सिँचाइका योजनाहरू ठेक्का प्रक्रियामा गइसकेको र चाँडै अर्को ठूलो डिप बोरिङको उद्घाटन हुने तयारी समेत भई पूर्व गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
डीपबोरीङ्ग कार्यक्रमको उद्घाटनमा ठोरी गाउँपालिका वडा नम्बर–४ का पूर्व वडाध्यक्ष बुद्धि बहादुर तामाङ, नवीनतम यान्त्रिक सिँचाइ विभागका इन्जिनियरहरू तृष्णा इशार, झरना खनाल, रितेश शाह, माओवादी केन्द्र ठोरीका इन्चार्ज हरि सुनार, कुसुम वाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध लाल पाख्रिन, निर्मल समाज युवा क्लबका अध्यक्ष सोम बहादुर श्रेष्ठ, स्थानीय बुद्धिजीवी, सर्वसाधारण र सिद्धार्थ भूमिगत जल उपभोक्ता समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्