तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

मकवानपुर। भिमफेदी गाउँपालिका–८, भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। आज बिहिबार १५ गते बिहान करिब ३:३० बजे सडक माथिबाट ढुंगा र माटोसहितको सुख्खा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको प्राप्त भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रमुख प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) ध्रुवप्रसाद साहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। पहिरो पन्छाएर यातायात पुनः सुचारु गर्न सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मानवीय क्षति भने नभएको र आवश्यक प्राविधिक सहयोगमार्फत यथाशीघ्र सडक खुलाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button