तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारले तीन दिनसम्म गणतन्त्र दिवस मनाउँदै 

जनकपुरधाम । मधेश प्रदेश सरकारले आजदेखि तीन दिनसम्म विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेर १८ औँ गणतन्त्र दिवस मनाउन लागेको छ । 

यसै अवसरमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश भवन परिसरमा विशेष सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।  

कार्यक्रममा मधेश प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले गणतन्त्र दिवसको सन्देशलाई जनस्तरमा सशक्त रुपमा पुर्‍याउन सरसफाई कार्यक्रमको आयोजना गरेको बताउनुभयो । 

मन्त्रालयले नेपालको लोकतान्त्रिक तथा गणतान्त्रिक सङ्घर्षमा योगदान दिनुभएका मधेश प्रदेशका ८ जिल्लाका प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकारहरूलाई प्रदेश सरकारले विशेष रुपमा भोली सम्मान गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो । 

सरसफाई कार्यक्रममा नीति आयोगकी सदस्य डा. शिला मिश्रा, मन्त्रालयका सचिव विमल प्रसाद बराल, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको सहभागिता थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button