डोल्पा जाने मुख्य सडक सुख्खा पहिरोले अवरुद्ध, सवारीसाधन बाटोमै अलपत्र
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–०६ स्थित चिप्लेभीर र सिउरेनीमा सुख्खा पहिरो खस्दा भेरी करिडोरअन्तर्गतको खदाङ–त्रिपुराकोट सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण डोल्पा भित्रिने र बाहिरिने सम्पूर्ण सवारी साधन ठप्प भएका छन्।

नेपालगन्जतर्फ गइरहेका यात्रुवाहक गाडी, मालवाहक ट्रक तथा मोटरसाइकलहरू बाटोमै रोकिएका छन्। सडक अवरुद्ध भएपछि यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्।

त्रिपुराकोट प्रहरी चौकीको समन्वयमा पहिरो पन्छाउन एक्स्काभेटर परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार, पहिरो ठूलो परिमाणमा खसेकोले हटाउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ।
सडक यथासक्य चाँडो खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्