एनभिए लिगको पुरुषतर्फ एपीएफ र मणिमुकुन्द विजयी
कास्की । नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगको पुरुषतर्फ आज भएका खेलमा नेपाल एपीएफ क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् । पोखरा रङ्गशालाको कभर्ड हलमा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ३–२ को सेटमा हराउँदै दोस्रो जीत हासिल गरेको छ । मणिमुकुन्दले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै दोस्रो जीत हासिल गरेको छ ।

यस्तै प्रतियोगिताको महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन् । यसअघि महिलातर्फ नै त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सान्त्वना जीत हात पारेको थियो ।
नेपाल भलिबल सङ्घको आयोजनामा पर्सिसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । अङ्क तालिकाको शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन् । यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीबिच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्