याङडी लामा शेर्पा, सगरमाथा चढ्ने पहिलो एथलेटिक्स महिला
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुकी अल्ट्रा धाविका याङडी लामा शेर्पा सगरमाथाको सफल आरोहण गर्ने पहिलो एथलेटिक्स महिला हुनुभएको छ । उहाँले सन् २०२५ मे १९ तारिख बिहान ८ः२५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मि) मा पाइला टेक्नुभएको हो ।

साहसिक खेल र पर्वतारोहणमा विशेष रुचि राख्ने शेर्पाले यसअघि पनि विभिन्न हिमालको आरोहण गरिसक्नुभएको छ ।
यसअघि अप्रिल २२ मा मेरापिक (६,४७६ मि) को सफल आरोहण गर्नुभएको थियो । शेर्पा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा तीन पटक विजेता बनिसक्नुभएको छ भने अल्ट्रा धावकको रूपमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ ।
यससँगै सानै उमेरदेखि देखेको सगरमाथा चढ्ने सपना साकार भएको बताउनुभएको छ । यो उपलब्धिले सोलुखुम्बु जिल्ला मात्र नभई समग्र देशको गौरव बढाएको उहाँको भनाइ छ । शेर्पाले आगामी दिनमा पनि पर्वतारोहण र दौडको क्षेत्रमा सक्रिय रहने बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्