तपाईँ सुन्दै हुनुहुन्छः

‘सडक सुरक्षा’ कविता प्रतियोगितामा सैनिक माविकी छात्रा प्रजिना खड्का प्रथम

सुर्खेत । रेडियो नेपाल सुर्खेतबाट प्रसारण हुने ‘सडक सुरक्षा’ कविता प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयकी छात्रा प्रजिना खड्का प्रथम हुनुभएको छ । 

वीरेन्द्रनगरका पाँच वटा विद्यालयका छात्र तथा छात्राहरुबीच सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो प्रादेशिक प्रसारण केन्द्र सुर्खेतमा आज भएको ‘सडक सुरक्षा’ सम्बन्धि कविता प्रतियोगितामा प्रजिना खड्का प्रथम हुनुभएको हो । 

प्रतियोगितामा त्रिपुरेश्वर माध्यमिक विद्यालयका छात्र कुशल उपाध्याय द्वितीय र एसओएस हर्मन माईनर स्कुलकी छात्रा जनप्रिया धामीले तृतीय स्थान प्राप्त गर्नुभएको छ । 

पुरस्कृत छात्रा तथा छात्रालाई रेडियो रेडियो सुर्खेत प्रादेशिक प्रसारण केन्द्र प्रमुख (ईन्जिनियर) अनुराधा थापाले प्रमाणपत्रसहित शैक्षिक सामाग्री प्रदान गर्नुभयो ।

प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार कृष्णराज धमाला, कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका यातायात शाखा प्रमुख जयराम बजगाई र रेडियो नेपाल सुर्खेत प्रसारण केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत डम्मरकुमारी आचार्य हुनुहुन्थ्यो । 

कार्यक्रम रेडियो नेपाल सुर्खेत प्रसारण केन्द्रका कार्यक्रम अधिकृत करिष्मा चौधरीले सञ्चालन गर्नुभएको थियो । 

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश र सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो प्रादेशिक प्रसारण केन्द्र सुर्खेतको सहकार्यमा ‘सडक सुरक्षा’ कार्यक्रममा हरेक साताको मङ्गलवार बेलुकी ५ः४५ बजेदेखि ६ बजेसम्म प्रसारण हुने गर्दछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button